संखुवासभा र डोटीमा आजै रातिबाट मतगणना सुरु हुने

संखुवासभा र डोटीमा आजै रातिबाट मतगणना सुरु हुने


दोस्रो चरणको निर्वाचन भएका संखुवा सभा र डोटीमा बुधबार रातिदेखि नै मतगणना सुरु हुने भएको छ। संखुवासभाको खाँदबारी नगरपालिकामा राति ११ बजेबाट मतगणना सुरु हुने निर्वाचन अधिकृत देवेन्द्र पौडेलले जानकारी दिए। ‘हामी दुई स्थानबाट मतगणना सुरु गर्छौं’, पौडेलले भने।

त्यस्तै प्रदेश नम्बर सातको डोटीमा पनि केहीबेर मतगणना सुरु हुने मतदान अधिकृत जानकारी दिएका छन्।

सिलगढी दीपायल नगरपालिकाका मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले केहीबेरमा मतगणना सुरु हुने जानकारी दिए। डोटीकै शिखर नगरपालिकामा पनि बुधबार रातिदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत दमनसिंह बिष्टले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.