नवलपरासीको एउटा केन्द्रमा ५ सय मतदाता, २ मत खस्यो

नवलपरासीको एउटा केन्द्रमा ५ सय मतदाता, २ मत खस्यो


नवलपरासीको एउटा मतदान केन्द्रमा जम्मा २ मत खसेको छ। नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ को जनता मावि भुजहवा मतदान केन्द्रमा जम्मा २ मतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

भुजहवा मतदान केन्द्रमा ५ सय १ जना मतदाता छन्। ४ सय ४१ जनाले मतदाता परिचयपत्र लगे पनि २ जनाले मात्र मतदान गरेका हुन्।

यो केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नम्बर २ लाई मात्रै अलग्याएर सरावल गाउँपालिकामा राखेका कारण मतदान बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ।

यो ठाउँ राजपाको प्रभाव क्षेत्र पनि हो। साविकको भुजहवा गाविसका ८ वटा वडालाई सरावल गाउँपालिकाको वडा नम्बर २ मा राखे पनि साविकको भुजहवा गाविसको वडा नम्बर २ लाई मात्रै सरावल गाउँपालिकाको वडा नम्बर ६ मा राखिएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.