२६ मत ल्याउन सेनाको हेलिकोप्टर! 

२६ मत ल्याउन सेनाको हेलिकोप्टर! 


स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा थोरै मतदाता ताप्लेजुङको विकट गाउँपालिका फक्ताङलुङस्थित ग्याब्ला बुथ केन्द्रमा भेटिएको छ। पूर्वी नेपालबाट चीन जोड्ने नाका रहेको यस केन्द्रमा कूल ४० मतदाता थिए। जसमध्ये आज २६ जनाले मतदान गरेको प्रमु्ख जिल्ला अधिकृत नरबहादुर खड्काले सेतोपाटीलाई जानकारी दिए।

२६ जनाले मतदान गरेको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरको सहयोगले बुधबार नै फक्ताङलुङस्थित तापेथोक केन्द्रमा ल्याइएको छ। तापेथोकबाट हिडेर ग्याब्ला पुग्न करिब २ दिन लाग्ने गर्छ। यो गाउँपालिकामा नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ।

गाउँपालिकामा नेपाली काग्रेसबाट मनिप्रसाद लिम्बु, नेकपा एमालेबाट सरोज लिम्बु र माओवादी केन्द्रबाट लक्ष्मीप्रसाद लिम्बुबीच प्रतिस्पर्धा छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.