अर्घाखाँचीमा खस्यो ८९ हजार भोट

अर्घाखाँचीमा खस्यो ८९ हजार भोट


प्रदेश नं ५ को अर्घाखाँचीमा ७० प्रतिशत मतदान भएको छ। १ लाख २६ हजार ७ सय १८ मतदाता भएको अर्घाखाँचीमा ८९ हजार ७ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद वास्तोलाले जानकारी दिए।

३ नगरपालिका र ३ गाउँपालिका भएको अर्घाखाँचीमा भोली मतगणना सुरु गर्ने तयारी भैरहेको वास्तोलाले जानकारी दिए।

‘मतपेटिका गणनास्थलमा आइसकेपछि सक्युरेटी अरजेमेन्ट गरेर, सर्वदलीय बैठक राखेर अनि आचारसंहिता बनाएर गणना गर्छौँ’, उनले भने, पहाडी भूभाग छन्। पानी परेको कारण गाडी नजाने अवस्था पनि छ। मतपटेका संकलन गर्न समय लाग्ने छ। सितगंगा नगरपालिकामा ६ घण्टा हिँडेर मतपेटिका संकलन गर्नुपर्ने छ।’

उनले भोली बिहानबाट गणना सुरु गर्ने तयारी भैरहेको बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.