दाङमा मतगणना गर्ने १० स्थल तय, सकेसम्म आजै गणना सुरु हुने

दाङमा मतगणना गर्ने १० स्थल तय, सकेसम्म आजै गणना सुरु हुने


दश स्थानीय तह भएको दाङमा दश ठाउँमै मत गणना गर्ने प्रवन्ध मिलाइएको छ।

जिल्ला निर्वाचन कार्यालय दाङका अधिकारी विजय कुमार कार्कीका अनुसार दुई उपमहानगपरपालिकाको सम्बन्धित उपमहानगरपालिकाहरुको सभाहलमा र लमही नगरपालिकाको नगर समितिको सभाहल रातो डाँडामा मतगणनाको प्रवन्ध गरिएको छ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको सभाहलमा मतगणनाको प्रवन्ध मलाइएको छ। त्यस्तैसात गाउँपालिका मध्ये तुलसीपुर पश्चिमका दंगिशरण गाउँपालिकाको ईलाका स्वास्थ्य चौकीको भवन,बवई गाउँपालिकाको जनतामावि हंसपुरमा, शान्ति नगरगाउँपालिकाको शान्ति नगर स्थित श्वास्थ्य चौकी चिराघाटमा मतगणना हुने भएको छ।

त्यसैगरी घोराहीको उत्तरमा पर्ने बंगलाचुली गाउँपालिकाको बंगालाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा मतगणना हुँदैछ । त्यसैले गरी दाङको लमही क्षेत्रका थप दूई गाउँपालिका मध्ये गढुवा गाउँपालिकाको  देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढुवाको भवनमा, राजपुर गाउँपालिकाको दिपज्योती प्रावि भवन राजपुरमा मतगणनाको प्रवन्ध मिलाइएको जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्कीले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकारी कार्कीका अनुसार सकभर बुधवार राति देखि नै मतगणनाको तयारी भएपनि सर्वपक्षिय सर्वदलिय बैठक बस्नुपर्ने लगाएतका काम भएकोेले कतिवेला देखि मत गणना सुरु हुन्छ भन्न कठिन रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.