बझाङको जयपृथ्वी नगरपालिका–३ मा निर्वाचन स्थगित

बझाङको जयपृथ्वी नगरपालिका–३ मा निर्वाचन स्थगित


बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको छ।

जयपृथ्वी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बाँस्तोलाका अनुसार झडपछि दलहरुबीच कुरा नमिलेपछि आजको मतदान स्थगित भएको हो।

‘अब निर्वाचन आयोगले मतदानको मिति तोकेपछि त्यहाँ फेरि चुनाव हुन्छ’, बाँस्तोलाले भने, ‘तीन नम्बर वडामा मतदान नभई अन्य नगरपालिकाको मतगणना हुँदैन।’

१३ सय १४ मतदाता रहेको पाण्डु उच्च मावि केन्द्रमा बिहान कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो। झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारसहित २ जना घाइते भएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.