पाँचथरमा ७० प्रतिशत मत खस्यो

पाँचथरमा ७० प्रतिशत मत खस्यो


पाँचथर जिल्लामा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्। जिल्लामा रहेका एक नगरपालिका सहित अन्य ७ वटा गाउँ पालिकामा रहेका ६० वटा वडामा रहेको एक सय मतदान स्थलहरुवाट त्यतिको संख्यामा मतदान भएको हो।

शान्तिपूर्ण रुपमा सम्पन्न पाँचथरको मतदान प्रकृया पछि अब मतपेटकिा संकलन कार्य सुरु भएको र राति अबेरसम्म मतपेटिका फिदिम ल्याइसकिने र बिहिबारबाट मतगणना प्रकृया सुरु गरीने जिल्ला निर्वाचन अधिकारी ध्रुव राईले बताए।

जिल्लामा एक लाख २० हजार ३ सय २८ मतदाता मध्ये ७० प्रतिशतले मतदान गरेको हो । जिल्लामा ३ सय १६ पदका लागि १२ सय १२ जनाले प्रतिस्पर्धा गरीरहेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.