विराटनगरको कन्या क्याम्पस, जतुवा र शिक्षा सदनमा ८ बजेसम्म मतदान

विराटनगरको कन्या क्याम्पस, जतुवा र शिक्षा सदनमा ८ बजेसम्म मतदान


अत्याधिक चापका कारण विराटनगर महानगरपालिकास्थित निर्वाचन क्षेत्रमध्ये ३ वटा बुथमा राति ८ बजेसम्म मतदान कार्य जारी रहने प्रजिअ यज्ञराज कोइरालाले जानकारी दिएका छन्।

विराटनगरको कन्या क्याम्पस, जतुवा र शिक्षा सदनमा राती अबेरसम्म मतदान जारी रहने छ। मतदान केन्द्र सानो र मतदाताको संख्या अध्याधिक भएपछि मतदान केन्द्रमा हाल बत्ति हाल्ने कार्य जारी रहेको छ।

‘राती ८ बजेसम्म सकिन्छ कि भन्ने लागेको छ। यहाँ मतदाताको चाप बढेको हुनाले बत्ति हालेर मतदान कार्यलाई नियमित गरिरहेका छौं,’ कोइरालाले सेतोपाटीसँग भने।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.