टीकापुरमा आज राति ९ बजेदेखि मतगणना हुने

टीकापुरमा आज राति ९ बजेदेखि मतगणना हुने


टीकापुर नगरपालिकाको आज राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। टीकापुर प्रमुख निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार ४३ मतदान केन्द्र रहेको टीकापुर नगरमा करिब ६५ प्रतिशत मत खसेको छ।

‘अहिले मतपेटिका संकलनको काम भइरहेको छ’, रेग्मीले भने, ‘आजै राति ९ बजेबाट मत गणना सुरु गर्छौं।’

उनले बजार क्षेत्रका मतपेटिका संकलन भइसकेका र बाहिरका मत पेटिका सात बजेसम्म संकलन गरिसक्ने बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.