जग्गा खरिद प्रक्रिया एकल निर्णयबाट होइन – खड्का

जग्गा खरिद प्रक्रिया एकल निर्णयबाट होइन – खड्का


नेपाल आयल निगमका कार्यकारी अधिकृत गोपालबहादुर खड्काले जग्गा खरिद प्रक्रिया एकल निर्णयबाट नभएको बताएका छन् ।  बबरमहलस्थित निगमको कार्यालयमा बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर खड्काले आयल निगमको जग्गा खरिद प्रक्रिया एकल निर्णयबाट नभएको बताएका हुन्।

आयल निगमको इन्धन स्टोरेज गर्ने स्थान नभएको र स्टोर बनाउन देशका विभिन्न स्थानमा निगमको व्यवस्थापन, बोर्ड, मन्त्रालय, मन्त्री र प्रधानमन्त्री सबैको निर्णयबाट जग्गा खरिद गरिएको खड्काले प्रष्ट पारे ।

पारदर्शी रुपमा नै टेन्डर प्रक्रिया गरी जग्गा खरिद गरिएको उनले प्रष्ट पारे। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
‘हामीले सबै कागजात अख्तियारलाई दिएको छौं,’ उनले भने।

निगमले झापामा २३ बिगाहा तीन कठ्ठा १३ धुर जग्गा प्रति कठ्ठा १३ लाख ५१ हजार रुपैयाँमा, सर्लाहीमा १५ बिगाहा १२ कठ्ठा १४ धुर जग्गा प्रति कठ्ठा नौ लाख ६१ हजार रुपैयाँ र चितवनमा २३ बिगाहा १२ कठ्ठा ३.२५ धुर जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपैयाँमा खरीद गरिएको थियो भने रुपन्देहीमा १४ बिगाहा सात कठ्ठा ७.१ धुर जग्गा १० लाख ९३ हजार रुपैयाँ प्रति कठ्ठाका दरले किन्ने निर्णय गरेको र त्यसमा १ अर्बजति भुक्तानी गरिसकेको जनाएको छ।

ती जग्गा खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरिएको छ। खड्काले निगमले पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता पनि जनाए। अनियमितता भएको आशंका भए सरकारले नै जग्गा किनेर दिए आफूहरु त्यही परिधिमा रहेर काम गर्ने बताए।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.