विद्युत वितरण सुधारका लागि एडिबीको १५ अर्ब ऋण सहयोग स्वीकृत

विद्युत वितरण सुधारका लागि एडिबीको १५ अर्ब ऋण सहयोग स्वीकृत


एसियाली विकास बैंक (एडिबी) को सञ्चालक समितिले नेपालको विद्युत वितरण प्रणाली सुधार गर्न भन्दै १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १५ अर्ब रुपैयाँ बढी ऋण स्वीकृत गरेको छ।

एडिबीले नेपाल विद्युत प्राधिकरण मार्फत ट्रान्समिसन लाइन मर्मत, सिस्टम ओभरलोडको समस्या न्युनिकरण र विद्युत विस्तार तथा वितरण प्रणालीमा सुधार ल्याउन सो रकम सहयोग गरेको हो।

त्यस्तै बैंकले ‘गरिबी निवारणका लागि जापानी कोष’ (जेएफपीआर) मार्फत थप दुई मिलियन अमेरिकी डलर बराबरको प्राविधिक सहयोग गर्ने भएको छ।

बैंकका उर्जा विज्ञ जीवन आचार्यले जनताको जीवनस्तरमा सुधार गर्न तथा नेपालको आर्थिक विकासका लागि दिगो र भरपर्दो विद्युत वितरण सेवा महत्वपूर्ण अंग रहेको जनाउँदै सो सहयोगले सरकारको २ वर्ष भित्र उर्जा संकट अन्त्य गर्ने लक्ष्य प्राप्तिमा उल्लेख्य योग्दान हुने बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.