जेष्ठ नागरिकलाई महानगरले घरमै पुगेर उपचार सेवा दिन थाल्यो

जेष्ठ नागरिकलाई महानगरले घरमै पुगेर उपचार सेवा दिन थाल्यो


काठमाडौं महानगरपालिकाले ८८ वर्ष पुगेका जेष्ठ नागरकलाई घरमै पुगेर दक्ष चिकित्सकबाट चेकजाँच तथा परामर्श सेवा दिन सुरु गरेको छ।

जेष्ठ नागरिकमध्ये पनि स्वास्थ्य तुलनात्मक रुपमा कमजोर भएकालाई महानगरले यो अभियान सुरु गरेको हो। जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि महानगरले १० जना डाक्टर खटाएको छ।

२०७३ असार मसान्तसम्म ८८ वर्ष पुगेका कुल ५ सय ९६ जेष्ठ नागरिकहरुको यो महिनाभित्रै चेकजाँच तथा परामर्श सेवा सम्पन्न गर्ने लक्ष्य लिएको काठमाडौ महानगरपालिकाका सह–प्रवक्ता नमराज ढकालले जानकारी दिए।

पहिलो चरणको स्वास्थ्य चेकजाँचमा ८८ वर्ष उमेर हद कायम गरे पनि महानगरपालिकाले यो दायरालाई विस्तारै फराकिलो पार्दै सम्पुर्ण जेष्ठ नागरिकलाई सेवा दिने योजना बनाएको ढकालले बताए।

यो सेवा नियमित चौमासिक रुपमा संचालन गरिने महानगरले जनाएको छ। स्वास्थ्य परीक्षणको क्रममा कसैलाई अस्पताल नै लानुपर्ने भएको अवस्थामा महानगरले त्यसको लागि पनि वीर अस्पतालसँग समन्वयन गरिसकेको छ। वीरबाहेक टिचिङ, सिभिल, शुक्रराज ट्रपिकल, आदीसँग समन्वय गर्नेगरी कुराकानी भइरहेको ढकालले जानकारी दिए।

स्वास्थ्य परीक्षणमा गएका बेला महानगरले फलफूल, बिस्कुट लगायतका आहार समेत प्रदान गर्ने गरेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.