चार सयले बढ्यो सुनको मूल्य

चार सयले बढ्यो सुनको मूल्य


निरन्तरजसो उक्लिएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ।

शुक्रबार प्रतितोला ५४ हजारमा कारोबार भएकोमा आइतबार ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत आइतबार सुनको मूल्य ५३ हजार ५ सय रुपैयाँ थियो।

यो फाइन गुणस्तरको मूल्य हो। स्टाण्डर्ड सुनको मूल्य आज ५४ हजार १ सय रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार तोलामा ७३० रुपैयाँ रहेको चाँदी आज ७४० कायम भएको छ। गत आइतबार चाँदीको मूल्य तोलामा ७१५ रुपैयाँ थियो।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.