राजधानीका चार ठाउँमा नेपाल टेलिकमको निशुल्क वाइफाई, कसरी चलाउने?

राजधानीका चार ठाउँमा नेपाल टेलिकमको निशुल्क वाइफाई, कसरी चलाउने?

सार्वजनिक स्थानमा वाइफाइ निशुल्क गर्दै टेलिकम


नेपाल टेलिकमले सार्वजनिक स्थानहरुमा निशुल्क वाइफाई सेवा दिने बताएको छ। सेवाग्राहीको धेरै भीडभाड हुने स्थानहरुमा निशुल्क चलाउन मिल्ने वाईफाई हटस्पट सेवा विस्तार गर्दै जाने टेलिकमकी महाप्रबन्धक कामिनीराज भण्डारीले जानकारी दिइन्।

राजधानी लगायत देशका प्रमुख सहरहरुमा यस्तो निशुल्क सेवा दिने योजना बनाएको टेलिकमले हाल यो सेवा राजधानीका केही अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तार गरिसकेको छ।

टेलिकमका अनुसार शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नर्भिक अस्पतालमा निशुलक वाइफाइ सेवा रहेको छ।

यो सेवा लिनको लागि ग्राहकले सबैभन्दा पहिले नेपाल टेलिकमको सिम प्रयोग गरेको हुनुपर्छ । त्यसपछि टेलिकमको मोबाइल एप डाउनलोड गरेरपनि सेवा लिनसकिन्छ। एकपटक लगइन गरेपछि १५ मिनेटसम्म चलाउन मिल्ने उक्त निशुलक वाइफाइको लागि आफ्नै नम्बरबाट रजिष्टर गर्नुपर्छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.