एनसेलले ‘दोब्बर सापटी योजना’ ल्याउँदै

एनसेलले ‘दोब्बर सापटी योजना’ ल्याउँदै


एनसेलले दोब्बर सापटी योजना ल्याउने भएको छ। साउन १६ गते अर्थात भोलि सोमबारबाट दोब्बर सापटी योजना ल्याउन लागेको एनसेलले जनाएको छ।
एनसेल सापटी ५ वर्ष पुगेको अबसरमा नयाँ योजना ल्याइएको हो।

नयाँ योजना अन्तर्गत गत एनसेलबाट सापटी माग्दा दोब्बर आउने छ। अहिले एनसेलबाट कम्तिमा ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म सापटी लिन सकिनेछ। योजनाहरुका बारेमा एनसेलले प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिने तयारी गरिरहेको छ।

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिने छ । प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.