१३ मेगापिक्सेलका दुई क्यामेरा भएको सामसुङको नयाँ फोन सार्वजनिक

१३ मेगापिक्सेलका दुई क्यामेरा भएको सामसुङको नयाँ फोन सार्वजनिक


सामसुङले ‘जेसेभेन म्याक्स’ मोडलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।

५. ७ इन्चको डिस्प्ले रहेको यस स्मार्टफोन मिडियाटेक हेलियो पी २० प्रोसेसर र एन्ड्रोइड ७ नोगाट भर्सनमा उपलब्ध छ। त्यस्तै यस फोनमा ४ जीबीको र्यामसहित ३२ जिबीको इन्टरनल स्टोरेज समावेश गरिएको छ भने रियर तथा सेल्फी दुबै क्यामेरा १३ मेगापिक्सेलका छन्।

यस फोनमा सामसुङको ‘पे’ फिचर्स पनि समावेश छ जस अन्तर्गत प्रयोगकर्ताले आफ्नो डेबिट वा क्रेडिट कार्ड यसमा स्टोर गरेर अनलाईन भुक्तानी गर्न सक्ने छन्।

३३०० एमएएचको ब्याट्री समावेश गरिएको यस फोनको मूल्य भारतीय बजारमा १७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ भने नेपाली बजारमा यस फोन आइसकेको छैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.