मासिक २ अर्ब प्रयोगकर्ता फेसबुकमा सक्रिय

मासिक २ अर्ब प्रयोगकर्ता फेसबुकमा सक्रिय


मासिक रुपमा सक्रिय फेसबुकको प्रयोगकर्ताको संख्या २ अर्ब पुगेको छ। फेसबुकका संस्थापक मार्क जुकरवर्गले सो कुरा जनाएका छन्।

त्यस्तै, फेसकुककै अन्य एप मेसेन्जर तथा ह्वाट्एपमा पनि मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड पुगेको छ।  फेसबुकका अनुसार १ करोड ७५ लाख मानिसले दैनिकरुपमा ‘लभ रियाक्सन’ सेयर गर्ने तथा ८० करोड मानिसले फेसबुकमा केही न केही ‘लाइक’ गर्ने गर्छन्।

त्यस्तै १ अर्ब फेसबुक प्रयोगकर्ता हरेक महिना ‘ग्रुपहरुमा’ आवद्ध हुने गरेका छन्। फेसबुकको प्रतिद्धन्द्धी ट्विटर तथा इन्स्टाग्रामको भने क्रमश ३ करोड २८ लाख र ७० करोड मासिक सक्रिय प्रयोगकर्ता छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.