१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा


के.एल. दुगड ग्रुपबाट उत्पादित युनाईटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने भएको छ।

छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय युनाइटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै एक बोरा सित्तैमा दिने योजना ल्याएको हो। हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिने ब्राण्ड एण्ड प्रमोसन हेड सुभास खतिवडाले जानकारी दिए।

ललितपुरको लेले स्थित आफ्नै चुनढुङ्गा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको यस उद्योगले अत्याधुनिक रोटरी क्लिङ्क प्रविधिबाट उत्पादन गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.