काठमाडौं–इस्तानबुल उडान थप्दै टर्किस एयरलाइन्स

काठमाडौं–इस्तानबुल उडान थप्दै टर्किस एयरलाइन्स


काठमाडौं–इस्तानबुल उडान गरिरहेको टर्किस एयरलाइन्सले उडान संख्या थप गर्ने भएको छ। हाल हप्तामा चार उडान गर्दै आएको टर्किसले आगामी असोज २ (सेप्टेम्बर १८) देखि पाँच उडान गर्ने जानकारी दिएको छ।

नेपालबाट युरोपमा प्रत्यक्ष उडान गर्दै आएको एकमात्र एयरलाइन्सले हप्तामा एक उडान थप गर्ने जानकारी दिएको छ।

टर्किस एयरका अनुसार असोज २ देखि कात्तिक ८ सम्म आइतबार, सोमबार, मंगलबार, बिहीबार, शुक्रबार इस्तानबुल–काठमाडौं उडान गर्ने छ। त्यस्तै सोमबार, मंगलबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौं–इस्तानबुल उडान गर्ने छ।

त्यस्तै कात्तिक १३ देखि टर्किसले इस्तानबुल–काठमाडौं–इस्तानबुल उडान सोमबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार उडान गर्ने जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.