अनमोलको आटा, मैदा, सूजी र दलिया नयाँ प्याकमा

अनमोलको आटा, मैदा, सूजी र दलिया नयाँ प्याकमा


विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा सक्रिय रहेको माँ दुर्गा फुड्स प्रालिले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया नयाँ प्याकेटमा ल्याएको छ।

भाटभटेनी तथा बिग मार्टमा नयाँ प्याकेजिङका खाद्यान्न उपलव्ध रहेको उद्योगले जनाएको छ। आटा ५ केजी, मैदा २ केजी, सुजी एक केजी र दलिया १ केजीको प्याकमा उपलव्ध रहेको छ।

आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा ५, मैदा २, सुजी र दलिया १–१ केजीको प्याकमा नेपालभरिका अधिकांश पसलहरुमा उपलब्ध रहेको मा दुर्गा फूड्सले जनाएको छ।

शुद्ध गहुँको दानालाई स्वीस टेक्नोलोजी अटोमेटेड प्लान्टबाट प्रशोधन गरिने भएकाले उत्पादन गुणस्तरीय रहेको उद्योगको दावी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.