प्राइम र प्रभुमा कुन बैंक अगाडि ?

प्राइम र प्रभुमा कुन बैंक अगाडि ?


प्राइम कमर्सियल र प्रभु बैंकले एकै दिन आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक वित्तीय विवरणअनुसार एक वर्षमा प्रभुले १ अर्ब ७५ करोड खुद नाफा कमाएको छ भने प्राइम कमर्सियलले १ अर्ब ४८ करोड कमाएको छ। प्रतिसेयर आम्दानीका आधारमा पनि प्रभु अगाडि छ।

उसको २९ रुपैयाँ ७८ पैसा छ भने प्राइमको २३ रुपैयाँ ४४ पैसा छ। यद्यपी तोकिएको चुक्ता पुँजी पुर्याउँदा प्रतिसेयर आम्दानीमा यी दुईबीच त्यति धेरै अन्तर नआउन सक्छ।

प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड छ भने प्राइमको ६ अर्ब ३२ करोड छ। प्राइम कमर्सियल बैंक अब बोनसबाटै पुँजी पुर्याउन सक्ने क्षमतामा छ भने प्रभुले ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ।

पुँजी कोषका आधारमा प्रभुभन्दा प्राइम राम्रो छ। प्रभुको ११.०५ प्रतिशत रहेको छ भने प्राइमको १३.३६ छ। न्यूनतम ११ प्रतिशतभन्दा तल हुन नहुने नियमअनुसार प्रभुले कोषको आकार बढाउनुपर्ने जरुरी छ।

जगेडा कोषको आकारको आधारमा प्राइम कमर्सियल अगाडि छ। उसको कोष ३ अर्ब १२ करोड छ भने प्रभुको २ अर्ब ६ करोड छ। निश्क्रिय कर्जाका आधारमा पनि प्राइम अगाडि छ।

प्राइमको यस्तो कर्जा ०.७८ प्रतिशत रहँदा प्रभुको ४.२९ छ। यसको मतलव प्रभुलाई उठ्न नसकेको धेरै कर्जा रकम उठाउन जरुरी देखिन्छ।

बजारमा प्राइमभन्दा प्रभुको सेयर सस्तो छ। प्रभुको जम्मा ३९७ छ भने प्राइमको ४३९ रहेको छ। यो मूल्यलाई हेरेर मूल्य आम्दानी अनुपात केलाउने हो भने प्रभुको सेयर किन्नु यतिबेला उपयुक्त देखिन्छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.