ललितपुर मोबाइल कम्प्लेक्समा अब घरायसी विद्युतीय सामान पनि पाइने

ललितपुर मोबाइल कम्प्लेक्समा अब घरायसी विद्युतीय सामान पनि पाइने


ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्रान्डिङ गरेको छ।  ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको शुक्रबार एक कार्यक्रमका बीच रिब्रान्डिङ गरेको हो।

नेपालको चर्चित मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले अब आफ्ना ग्राहकहरुलाई विश्वका चर्चित मोबाइल ब्राण्डका साथमा घरायसी विद्युतीय उपकरणहरु पनि बिक्री गर्ने भएको छ।

सोरुममा एलजी र भिडियोकोन ब्राण्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कण्डिसनर, भ्याकुम क्लिनरलगायतका घरायसी विद्युतीय सामान सुपथ मूल्यमा किन्न सकिने कम्प्लेक्सका अध्यक्ष पुरुषोतम बस्नेतले बताए।

यस अवसरमा ललितपुर मोबाइल कम्प्लेक्स तथा एपेक्स डिजिटलले सम्पूर्ण सामाग्रीहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने उनले बताए।

सोरुममा विभिन्न ब्राण्डका उच्चस्तरका एसेसरिजहरु टेम्पर ग्लास, सेल्फी स्टिकर, ब्लूटूथ स्पीकर, हेडफोन, पावर ब्यांक, डाटा केबललगायतका सामाग्रीहरु सुपथ मूल्यमा खरिद गर्न सकिने बस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.