एभरेष्ट इन्स्योरेन्सको सिइओमा कमल गोैतम नियुक्त

एभरेष्ट इन्स्योरेन्सको सिइओमा कमल गोैतम नियुक्त


एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कमल गौतम नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको वैठकले गौतमलाई नियुक्ति गरेको हो।

नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर सुरु गरी हिमालयन, एनआईसी एसिया, एनबि, सनराइज बैंक हुँदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही गौतमले बैंकिङ अनुभव समेत संगालेका छन्।

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक एनसीसीमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिनाअघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए। समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन्।

करिव २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन। नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमले आजैदेखि इन्स्योरेन्सको जिम्मेवारी सम्हालेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.