चार संस्था गाभेको कुमारी बैंकको एकीकृत कारोबार

चार संस्था गाभेको कुमारी बैंकको एकीकृत कारोबार


चार वटा विकास बैंक तथा वित्तीय संस्थालाई गाभेर कुमारी बैंकले आजबाट एकीकृत कारोबार सुरु गरेको छ।

बैंकले काष्ठमण्डप, महाकाली, काक्रोविहार विकास बैंक र पश्चिमाञ्चल फाईनान्स कम्पनीलाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो।

अब बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी बोनसमार्फत पुर्याउने छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष सन्तोषकुमार लामाले जनतालाई वित्तीय सहयोग उपलब्ध गराएर सेवा प्रदान गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।

 

लामाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने प्रतिवद्धता पनि व्यक्त गरे। मर्जरपछि बैंकको निक्षेप ५२ अर्ब पुगेको छ । बैंकले हाल ७४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.