देवः विकास बैंकको माडी शाखा संचालनमा

देवः विकास बैंकको माडी शाखा संचालनमा


देवः विकास बैंकको माडी नगरपालिका वसन्तपुरमा शाखा कार्यालय संचालनमा आएको छ। शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटील उदघाटन गरे।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार वृद्धि गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

डेपुटी गभर्नर सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने भन्दै उद्यमशीलताको विकासका लागि बैंकिङ क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिए।

बैकिङ्ग सेवालाई गाउँ गाउँमा पुर्याउन सकेमात्र समग्र देशको आर्थिक बृद्धि हुने उनले बताए। बैंकले हालसम्म १० अर्ब निक्षेप संकलन गरी ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.