मेगा बैंकबाट हदप्रद शेयर निष्काशनका लागि अनुमति माग

मेगा बैंकबाट हदप्रद शेयर निष्काशनका लागि अनुमति माग


मेगा बैंकले ६५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।

सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैयाँका दरले २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता सेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साढे ७ अर्ब भन्दा बढी पुग्नेछ। यसैगरी, चालु आर्थिक वर्षको मुनाफा र हकप्रद शेयरबाट चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ।

मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो। सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिससकेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.