थपिएका तीन क्लियरिङ बैंकमार्फत आइतबारदेखि राफसाफ हुने

थपिएका तीन क्लियरिङ बैंकमार्फत आइतबारदेखि राफसाफ हुने


थपिएका तीन वटा क्लियरिङ बैंकमार्फत आगामी आइतबारदेखि सेयर कारोबारको राफसाफ हुने भएको छ। सिडिएस एण्ड क्लिरिङले ‘मल्टिपल क्लियरिङ बैंक’को सम्पूर्ण सेटलमेन्ट गरिएको जनाएको छ। अब राफसाफमा संलग्न बैंकहरुको संख्या चार पुगेको छ।

पुरानो ग्लोबल आइएमईसँगै थपिएका तीन बैंकहरु नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ र प्रभुमार्फत आइतबारदेखि राफसाफको काम हुने भएको हो। राफसाफमा लिड बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक छनौट भएको छ।

सिडिएससीको पुतलीसडकस्थित नयाँ कार्यालय उद्घाटनका अवसरमा सो जानकारी दिइएको हो। सिडिएससीका सिइओ देवप्रकाश गुप्ताले नयाँ क्लियरिङ बैंक थपिएसँगै लगानीकर्तालाई सहज हुने र कारोबार वृद्धिमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

क्लियरिङ बैंक थपिएसँगै लगानीकर्तालाई बैंकको छनौट थपिएको छ। यसअघिसम्म सम्वन्धित ब्रोकर कम्पनीलाई ग्लोबल आइएमई बैंकमै रकम जम्मा गरिदिनुपर्ने र ब्रोकर कम्पनीहरुमार्फत चेक पनि सोही बैंककै लिनुपर्ने वाध्यता रहँदै आएको थियो।

एउटा बैंकको चेक हजारौं लगानीकर्तालाई दैनिक रुपमा खातामा जम्मा गर्दा पनि समय बढी लाग्ने गरेको थियो। यी चार बैंकमा खाता हुने लगानीकर्तालाई झनै सजिलो हुने भएको छ। सम्वन्धित बैंकका खाताधनीले यी चारमध्ये आफूले चाहेकै बैंकको चेक पाउनेछन् र तुरुन्तै जम्मा हुने भएकाले कारोबार बढाउन पनि यसले टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.