सेयर कारोबार सूचारु गर्न नेप्सेलाई निर्देशन, नेप्से भन्छः बोर्डले समन्वय गरोस्

सेयर कारोबार सूचारु गर्न नेप्सेलाई निर्देशन, नेप्से भन्छः बोर्डले समन्वय गरोस्


भ्याटको विषयलाई अन्यौलता बनाइएको भन्दै सेयर ब्रोकरहरुले कारोबार रोकेका बेला नेप्से र धितोपत्र बोर्डले भने एकअर्कालाई पहलकदमी लिन आग्रह गरेका छन्।

नेप्सेले एक पत्रमार्फत पहल गर्न बोर्डलाई आग्रह गरेको छ भने बोर्डले फ्रन्ट लाइन रेगुलेटरको रुपमा नेप्से रहेकाले तत्काल कारोबार सुचारु हुने व्यवस्था गर्न भनेको छ।

यसअघि ब्रोकर कम्पनीहरुले बिहीबार कारोबार बन्द गर्दै तत्काल भ्याट लिने विधि र प्रक्रिया नभएसम्म कारोबार नगर्ने घोषणा गरेका छन्। जसले गर्दा सेयर कारोबार कहिलेबाट सुरु हुने भन्ने विषय अनिश्चित बनेपछि लगानीकर्ता भने आक्रोशित बनेका छन्।

लगानीकर्ताले नेप्सेमा गई सीमित ब्रोकरका कारण १८ खर्ब आकारको बजारमा खेलवाड गरिएको भन्दै कारोबार सूचारु गर्न आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.