शिखर इन्स्योरेन्सद्वारा जुम्लाका किसानलाई स्याउ बिमाको क्षतिपुर्ति

शिखर इन्स्योरेन्सद्वारा जुम्लाका किसानलाई स्याउ बिमाको क्षतिपुर्ति


जुम्लाका १ सय ५ जना किसानले स्याउ बिमाको क्षतिपुर्ति पाएका छ्रन्। यस वर्ष स्याउ फल्ने बेला असिना परेर क्षति भएकोले क्षतिपुर्ति दिइएको शिखर इन्स्योरेन्सले जनाएको छ।

इन्स्योरेन्सका सहायक प्रबन्धक सुजिप श्रेष्ठका अनुसार जुम्ला, कालिकोट र मुगु गरी करिव बीस लाखको बिमा दाबी भएको छ। असिना र खडेरीबाट हुने आर्थिक नोक्सानीबाट बच्नका लागि किसानहरुले स्याउको बिमा गरेको उनले बताए।

 

असिनाबाट भएको क्षतिको बिमाबाट क्षतिुपुर्ति पाँउदा किसानहरु खुसी भएका छन्। बिमा कम्पनीले समयमा नै क्षतिपुर्ति उपलब्ध गराउने सहायक प्रबन्धक श्रेष्ठले बताए। मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा किसानलाई हुने क्षतीबाट छुटकारा गराउनको लागि जुम्लामा शिखर इन्स्योरेन्सले नेपालमै पहिलो पटक मौसमी सुचकाङकमा आधारित कृषि बिमा गराउँदै आएको छ।

उक्त स्याउ खेती बिमा योजना शिखर इन्स्योरेन्स र सक्षम कार्यक्रमकोे सहकार्यमा जुम्ला, कालिकोट, मुगु र डोल्पामा सञ्चालन हुँदै आएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.