सुजुकी टु ह्वीलर्स किन्नेले बिमा सुविधा र कर भुक्तानी पाउने

सुजुकी टु ह्वीलर्स किन्नेले बिमा सुविधा र कर भुक्तानी पाउने


नेपालको लागि सुजुकी टु ह्वीलर्सको अधिकृत वितरक भिजी अटोमोबाइल्सले मनसुन म्याजिक अफर संचालनमा ल्याएको छ।

सीमित अवधिका लागि ल्याएको यस अफर अन्तर्गत बाइकको सम्पूर्ण बिमा सुविधा एकसाथ प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै ५ वर्षको वारेन्टी एवं २ वर्षको सडक कर भुक्तानी सुविधा पनि ग्राहकलाई दिइने कम्पनीले जनाएको छ।

यसका साथै हरेक टु ह्वीलरको खरीदमा ग्यारेन्टी सहितको नगद छुटको व्यवस्था गरिएको भिजी अटोमोबाइल्सका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले जानकारी दिए।

देशभर ७० भन्दा बढी शोरुमहरु रहेको सुजुकी टु ह्वीलरका सुजुकी जिक्सर, जिक्सर एस.एफ, ह्याते, एक्सेस १२५ र लेट्ज बाइकहरु नेपालमा लोकप्रिय मोडलहरु हुन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.