थाई एयरवेज इण्टरनेशनलको रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रम सम्पन्न

थाई एयरवेज इण्टरनेशनलको रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रम सम्पन्न


थाई एयरवेज इण्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले आयोजना गरेको  रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त कार्यक्रम आयोजना गरेको हो ।

सोमबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित उक्त कार्यक्रममा १ सय २० भन्दा बढी व्यक्तिहरूले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । यसका साथै, सहभागीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका दक्ष तथा अनुभवी टोलीद्वारा सामान्य स्वास्थ्य र कार्डियो हेल्थ चेक–अप गरिएको थियो ।

कार्यक्रममा  थाई राजदूत श्री भकावत तान्स्कुल र चम्पुनत तान्स्कुलको पनि सहभागिता रहेको थियो । थाई एयरवेजले उक्त कार्यक्रमलाई हरेक वर्ष जुलाई ३१ का दिन निरन्तरता दिने  गर्दछ ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.