कोरियाको वायु प्रदुषण उच्च जोखिम पूर्ण, सजक रहन विज्ञको सुझाव

कोरियाको वायु प्रदुषण उच्च जोखिम पूर्ण, सजक रहन विज्ञको सुझाव


बढ्दो औद्योगिकरणसँगै दक्षिण कोरियाको वायुममण्डलीय प्रदुषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा उच्च बन्न पुगेको छ।  विशेष गरि राजधानी सोल तथा यसका  आसपासका क्षेत्रमा रहेका मेट्रो स्टेसन मसिनो धुलो युक्त वायुको उच्च जोखिममा रहेको एक अनुशन्धानले देखाएको छ।

कोरिया फेडेरेसन फर इन्भारोंन्मेंन्टल मोमेन्ट्स (KFEM) ले गरेको  एक अध्यन अनुसार सोल एरियाको हावामा मिसिएको धुलोको मात्रा १० लेबल भन्दा माथि  छ।

सोल एरियाबाट चल्ने मेट्रो लाइन १ देखि ९ सम्म सरदरमा  ८१.२ माइक्रो मिटर पर क्युबिक मिटर धुलोको प्रकोप रहेको बताएको छ। जुन विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा ३१माइक्रो मिटर माथि हो।

सोल मेट्रो लाइन नम्बर ५  प्रदुषणको हिसाबले सबैभन्दा जोखिमपूर्ण रहेको छ। जहाँ धुलोको मात्रा १४२ माइक्रो ग्रामभन्दा माथि छ। त्यस्तै १२४ माइक्रोग्राम धुलोको प्रकोपसँगै लाइन नम्बर ६ पनि जोखिम पूर्ण रहेको विज्ञले बताएका छन्।

यद्यपी सोलको प्रदुषित वायु विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा धेरै भए पनि कोरियाको आन्तरिक मापदण्ड भने १ सय पचास माइक्रो ग्रामदेखि २ सयसम्म रहेको छ।

कोरियाली पर्यावरणविध हान जा वनले कोरियाको मेट्रो रेल भित्रको मापदण्ड  कानुनमै स्पस्ट हुनुपर्ने बताए। यदि धुलोको मात्रा पीएम २.५ भन्दा माथि भए यसले क्यान्सार लगाएतका रोग निम्त्याउने हुनाले सजक रहनु पर्ने समेत उनले सुझाव दिए।

पछिल्लो समय ओइसिडीका राष्ट्रमध्ये कोरियाको वायुमण्डलीय प्रदुषण सबैभन्दा बढी छ। त्यसमा पनि राजधानी सोल तथा त्यसका आसपासका क्षेत्रहरु उच्च जोखिम पूर्ण मानिन्छन्। यद्यपी चीनबाट उडेर आएको  आएको मसिनो धुलोनै कोरियाको बायु प्रदुषणको कारण मानिएता पनि औधोगिक विकाससँगै उत्पन्न भएको अन्तरिक प्रदुषण नै यसको मुख्य कारक तत्व रहेको बिज्ञहरुको भनाइ छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.