अमेरिकामा यात्रा प्रतिबन्ध बिहिबार रातिदेखि लागू, को को हुन्छन् प्रभावित्

अमेरिकामा यात्रा प्रतिबन्ध बिहिबार रातिदेखि लागू, को को हुन्छन् प्रभावित्

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धमा नजिकको सम्बन्ध प्रमाणित गर्न आवश्यक,  हजुरबुवा र हजुरआमा नजिकका नातेदारमा परेनन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित यात्रा प्रतिबन्द हिजो बिहिबार रातिदेखि लागू भएको छ।

यस प्रतिबन्दका कारण ६ मुस्लिमबाहुल देशका लागि र सबै शरणार्थीलाई अमेरिका प्रवेशमा कठिनाई भएको छ। यस प्रतिबन्द लागू भएपछि अमेरिका प्रवेशका लागि नजिकका नातेदार प्रमाणित हुनुपर्नेछ।

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्द कार्यकारी आदेशलाई परिमार्जनसहित आंशिक स्वीकृती दिएपछि यात्रा प्रतिबन्द लागू भएको हो।

यो यात्रा प्रतिबन्दको पुनरावलोकन पुनः तीन महिनामा गरिने समेत सर्वोच्च अदालतले आदेशमा जनाएको छ।

अदालतले नजिकका नातेदारको अर्थ र नीति तय गर्न सरकारलाई जिम्मा दिए अनुसार ट्रम्प प्रशासनले आफ्नो नीति विस्तारै सार्वजनिक गर्दैछ।

भिसा आवेदनको नयाँ मापदण्ड बिहीबार राति पूर्वीय समय अनुसार ८ बजे पछि लागू गरीएको हो।

नयाँ भिसा मापदण्डका बारेमा थाहा पाउनु पर्ने कुराहरु:

को प्रभावित हुन्छ?

यो यात्रा प्रतिबन्ध अमेरिका आउन चाहने ६ मुस्लिम बाहुल देशहरु: ईरान, लिबिया, सीरिया, सोमालिया, सूडान र यमनका नागरिकलाई लागू हुन्छ। यसका साथै सबै शरणार्थीमा पनि यो प्रतिबन्ध लागू भएको छ।

अमेरिकामा आउने यात्रुको अमेरिकामा रहेका नजिकका नातेदारसँगको सम्बन्ध कायम रहेको हुनुपर्ने र त्यसलाई प्रमाणित गर्ने कागजात पेस गर्नुपर्ने छ।

नयाँ नियममा अमेरिकासँग व्यावसायिक सम्बन्ध र शैक्षिक निकायसँगको साझेदारी भएकालाई भने छुट दिइएको छ। यस निर्णय पूर्व अमेरिकाको लागि भिसा पाएकाका लागि भने नयाँ नियम लागू हुने छैन।

अमेरिकाको राज्य विभागले नजिकका आफन्त वा नातेदारमा अभिभावक, दम्पती, बालबालिका, वयस्क छोरा तथा छोरी, छोराबुहारी, छोरी ज्वाइँ तथा एउटै कोखका भाइबहिनी पर्ने भनी परिभाषित गरेको छ । तर हजुरबुवा र हजुर आमा, टिका टालो गरेका, काका काकी, भतिजा, भान्जा, ससुरालीका आफन्तहरू, नाति नातिनीहरु नजिकका नातेदार वा आफन्तको बर्गिकरणमा परेका छैनन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.