ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा कोलोराडोमा हुँदै

ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा कोलोराडोमा हुँदै


खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण अगस्त १९, २०१७  अर्थात भदौ ३ गते अमेरिकाको कोलोराडो राज्यमा आयोजना हुने भएको छ।

ग्लोबल नेपाली फिल्म अवार्ड, अमेरिका र नेपाल फिल्म सोसाइटी, नेपालको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको आयोजकले जानकारी गराएका छ्न्।

नेपाली कलाकारितामा महत्त्वपूर्ण योगदान पुर्‍याएका कलाकार तथा पत्रकारलाई खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डद्वारा सम्मान गर्दै आएको छ।

यही आउँदो अगस्तमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि आयोजक संस्था लागि परेको छ।

सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको लोकप्रियताका कारण संसारभरका नेपालीहरूले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्त्व दिएको आयोजकले जानकारी गराएका छ्न्।

गत वर्ष १२ विधामा अवार्ड दिइएको थियो भने यो पल्ट ८ विधा थपेर २० विधामा अवार्ड दिने भनेर खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक तथा संचारकर्मी शैलेश पोखरेलले बताए। यस पटकको अवार्ड कार्यक्रममा नेपाली भाषी भुटानी मूलका कलाकारहरुलाई पनि समावेश गरीएको संयोजक पोखरेलले थप जानकारी दिए ।

नेपाली चलचित्र गाउँ देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरी नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आउदो वर्ष सन २०१८ मा अस्ट्रेलियामा हुँदैछ भने आगामी दिनहरूमा विश्वको अन्य मुलुकहरूमा समेत आयोजना गर्दै लैजाने कुरा पनि संयोजक पोखरेल बताउछन ।

नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा सम्पन्न गरेको थियो । गत वर्षको आयोजकहरुमा कोलोराडोबाट सन्चालित अनलाइन बिआरटी नेपाल डट कम, अमेरिका नेपाल टेलिभिजन तथा नेपाल फिल्म सोसाइटीले गरेको थियो ।

कोलोराडो स्थित डेनभरको होटेल क्राउन प्लाजामा सन्चालन गरिने दोस्रो संस्करणको अवार्ड कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी, पावर बाइ सिटौला ब्रदर्स र यती टेक्नोलोजी टेक्सास रहेको आयोजकले जनाएका छन ।  उक्त अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधु कुमार श्रेष्ठ, नायक शिव श्रेष्ठ आयोजक कमिटीमा रहेका छन् भने अमेरिकाबाट नायक नबराज श्रेष्ठ, पदम विश्वकर्मा, राजु सिटौला, राम लामा अविनाशी, बासु खनाल, जोशन श्रेष्ठ, प्रकाश सिटौला, सुनिता घले थापा, भीम राई आदि रहेका छन् ।

कार्यक्रममा आउने आगन्तुकहरुका लागि डेनभर स्थित होटेल क्राउन प्लाजामा बुकिङ खुल्ला गरीएकोले बस्न चाहनेहरुले डिस्काउन्ट कोड GNF मार्फत प्रती नाईट अमेरिकी डलर १०६ मा कोठा पाउन सक्ने आयोजक पोखरेल बताउछ्न ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.