प्रियंका कमेडी शो मा जजको भूमिकामा

प्रियंका कमेडी शो मा जजको भूमिकामा


टीभी सिरिज क्वान्टिकोबाट हलिउडमा प्रवेश गरेकी अभिनेत्री प्रियंका चोपडाले लोकप्रिय कमेडी शो ‘द गोंग शो’ मा जजको भूमिकामा देखिने भएकी छन्।

प्रियंकाको टिमले ट्वीटरमा यो कुरा सार्वजनिक गर्दै शो को शुटिङको तस्वीर सेयर गरेको छ।

अमेरिकन एबीसी च्यानलबाट प्रसारित शो उत्कृष्ट कमेडीको लागि लोकप्रिय छ।

यस शो मा गायक, जादुगर,डान्सर,  पेन्टर्स आदि विभिन्न विधाका व्यक्तिहरु सहभागी छन्। प्रियंकाले आगमी १७ अगस्टको एपिसोडमा यस शो मा देखिने भएकी छन्। प्रियंकासँगै चर्चित अन्य दुई कलाकाल पनि जजको भुमिकामा छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.