निशा अधिकारी र शरद भेष्वाकर विवाह बन्धनमा बाँधिए

निशा अधिकारी र शरद भेष्वाकर विवाह बन्धनमा बाँधिए


करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्।

काठमाडौंको दरमार्गस्थित होटल अन्नपूर्णमा उनीहरुवीच विवाह भएको हो।

९ वर्षअघि उनीहरुको पहिलोपटक परिचय भएको थियो। परिचय भएको ४ वर्षपछि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए। विवाह समारोहमा आफन्त र अधिकांश कलाकारहरु सहभागी भएका थिए।

निशाले विहीवार हातमा मेहेन्दी लगाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनको मेहेन्दीमा कलाकार अभिनेत्री तथा मोडल वेनिशा हमाल, मोडल रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा आदिले सहभागीता जनाएका थिए।

 

तस्विर- शान्तिप्रिय

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.