साम्राज्ञी भन्दैछिन्- लडेँ लडेँ, समाऊ मलाई (भिडियो)

साम्राज्ञी भन्दैछिन्- लडेँ लडेँ, समाऊ मलाई (भिडियो)


साम्राज्ञीको दोस्रो फिल्म ‘तिमीसँग’ को ‘लडेँ लडेँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा साम्राज्ञी नव अभिनेता आकाश खड्काका साथमा देखिएकी छन्।

भिडियोमा अभिनेता शिशिर राणा पनि देखिन्छन्, जो फिल्मका निर्देशकसमेत हुन्। राणाको यो डेब्यु निर्देशकीय फिल्म हो।

भिडियोअनुसार साम्राज्ञी, आकाश र शिशिर यात्रामा हुन्छन्। हिमाली क्षेत्रमा पदयात्रा गर्दै गरेका यी तीन हिउँमा रमाइरहेका देखिन्छन्।
नरेश भट्टराईको शब्दमा राहुल मुखर्जीको संगीत र मधुरा भट्टाचार्यका स्वरमा तयार गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। गीतमा चर्चित लोकगीत रेशम फिरिरीको धुनसमेत मिसाइएको छ।

साम्राज्ञी, आकाश र नाजिर हुसेन गरी तीन जनालाई मुख्य भूमिकामा अभिनय गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.